| आकाश देख्नु– प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । |
|
आकाशमा बादल देख्नु– सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
|
|
|
|
| पानी पर्नु | बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । |
पानी एकै ठाउँ परिरहनु |
परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । |
बिजुलीका साथ पानी परेको देख्नु |
बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । |
जमीनसम्म देख्नु |
दौलत मिल्छ । |
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु |
संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ । |
आकाशका धूलो वा आँधी देख्नु |
त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो । |
बिजुली देख्नु |
मालदार हुइन्छ । |
जमीनमा मिल्नु |
वरवाद होइन्छ, फरेबमा फसिन्छ । |
जङ्गलमा हिँड्नु |
धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ । |
जङ्गलमा खानु पिउनु |
धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ । |
माटो खानु |
धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ । |
माटोमा हिँड्नु |
धनी होइन्छ । |
ईनार खन्नु |
आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ । |
इनारबाट सिँचाइ गर्नु |
आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ । |
इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु |
दीन वा दुःखीहरुको सेवा गर्छ । |
इनारबाट पानी पियाउनु |
साधु वा महात्माको सेवा गर्छ । |
इनारबाट पानी निकाल्नु |
आम्दानीमा वृद्धि हुन्छ । |
इनारमा झर्नु |
मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ । |
इनारबाट निस्कनु |
जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ । |
पानीमा हिँड्नु |
कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ । |
खोलामा बाढी देख्नु |
रीस या मुसीबतको सूचना हो । |
नदीमा अँध्यारो देख्नु |
परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ । |
सोतो तर्नु |
मरण नजीकिएको निशानी हो । |
नदी या कुलोमा नुहाउनु |
कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ । |
भुसमा भासिनु |
मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो । |
कुलाको फोहोर पानी पिउनु |
कुनै रोगमा फस्ने सूचना हो । |
कुलोलाई अर्कातिर बगाउनु |
शोक वा मुसीबत हटेर खुसी हुइन्छ । |
हौज देख्नु |
कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ । |
नाउ देख्नु |
शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ । |
नाउमा चढेको देख्नु |
राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ । |
नाउबाट सुखा भुइँमा उत्रनु |
दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ । |
नाउलाई सुखा मैदानमा देख्नु |
मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ । |
जमीनमा केही बनाउनु |
असल दिलको हुइन्छ । |
ताराको चमक देख्नु |
राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ । |
तारा समूहलाई अति चम्किलो देख्नु |
देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ । |
तारा निल्नु |
चोरी गर्छ र तकलीफमा फस्छ । |
तारालाई हातमा लिनु |
गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ । |
नाउसहित आफूलाई डुबेको देख्नु |
राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ । |
पहाड देख्नु |
शत्रुमाथि विजय प्राप्त हुन्छ । |
पहाडमा हिँड्नु |
इज्जत मिल्छ, धेरै धन पाइन्छ । |
पहाडको मालिक हुनु |
कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ । |
पहाडमा लडेको देख्नु |
कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ । |
पहाडमा बाटो हिँडिरहेको देख्नु |
धैर्यवान् वा साहसी हुइन्छ । |
पहाडमा प्वाल पार्नु |
कसैसँग जालसाँजो गरिन्छ । |
पहाडमा चढ्नु |
अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो । |
No comments:
Post a Comment