थारु कल्याणकारी सभा बाराको सभापतिमा पूनः रामप्रसाद चौधरी - Inzot TV

Breaking



Wednesday, October 10, 2018

थारु कल्याणकारी सभा बाराको सभापतिमा पूनः रामप्रसाद चौधरी

अनिल प्रित /कोल्हबी ,२० भदौ । बाराको कोल्हवी नगरपालिका वडा नं ६ प्रसौनामा थारु कल्याणकारिणी सभा बाराको आठाँै जिल्ला अधिवेशनका सम्पन्न भएको छ । भदौ १८ र १९ गते गरि दुई दिन चलेको अधिवेशनको दोश्रो दिन भएको बन्द शत्रबाट पुःन पूर्व सभापति नै सर्व सहमतिबाट सभापतिमा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुमिन्त्रा देवि चौधरी , यादव कृष्ण चौधरी , बासु प्रसाद चौधरी , प्रकाश पन्जियार, रिता देवि चौधरी , महेशी कुमार थारु , भोजराज चौधरी , बृज नारायण चौधरी ,मीना चौधरी लगायत र केन्द्रिय प्रतिनिधिमा गिरधारी चौधरी , मधुसूदन चौधरी , श्रीदेवि चौधरी र सुरेन्द्र प्रसाद चौधरी सर्वसहमतिमा चयन भएका छन् ।
निर्वाचन अधिकृत मोहन प्रसाद गौरो थारु र सहायक अधिकृत कृष्ण प्रसाद चौधरीको निगरानीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बारा जिल्ला भरिका थारु बुद्धिजीवी , युवा , थारु जनप्रतिनिधि तथा अगुवा ब्यातित्वहरुको सहभगिता रहेको थियो । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् बारा क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले थारु कल्याणकारिणी सभा थारु समुदायको हक हितका लागि रहेको बताए । उनले सबै मिलेर यो सस्थाको संरक्षण गर्नुपर्नेमा जोड दिए । उतm अवसरमा प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी, थारु कल्याणकारिणी सभा सदस्य हृदय नरायण चौधरी, था.क.स. चितवनक सदस्य विश्राम महतो थारु , था.क.स.बाराका सल्लाहकार कैशल्या देवी चौधरी, पुर्व सभासद बलबीर चौधरी, दिलमाया धामी, था.क.स.बाराका केन्द्रिय पार्षद सुवंश प्रसाद चौधरी , था.क.स.बाराका केन्द्रिय पार्षद शैलेन्द्र फैजदार , राजकुमार चौधरी ,कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी, थारु म्हिला सभाकी केन्द्रिय उपाध्यक्ष श्यामा देवी चौधरी, बारा गढीगांउपालिकाका अध्यक्ष देवदत बछार थारु, करैयामाई गांउपालिकाका अध्यक्ष भुवनेश्वर धामी, जितपुर सिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती चौधरी लगायतकाले मन्तब्य ब्यतm गरेका थिए ।
सभा बाराका सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा भएको उदघाटन सत्रमा सञ्चालक यादव कृष्ण चौधरी रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रकाश पंजियारले राखेका थिए ।

No comments:

Post a Comment