काठमाडौं, २१ असोज ।काठमाडौंमा व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा शनिबार प्रहरीले एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट पक्राउ गरेको हो । घट्नाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:
Post a Comment