युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा - Inzot TV

Breaking



Wednesday, October 10, 2018

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

–चन्द्र घलान
मकवानपुर, २८ जेठ । युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ ।
युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् । उदाहरणका लागि गत साता अर्थात जुन ८ तारिखको एपिसोडकै कुरा गरौँ ।
यो एपिसोड अपलोड भएको मिति देखि नै युट्युब ट्रेण्डिङमा छ । एक नम्बर ट्रेण्डिङ सम्म पुगेको यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको नम्बर २ मा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा १ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो उक्त सिरियलको १ सय ७३ औँ भाग हो जुन जेठ २५ गते शुक्रबार राति ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनमार्फत प्रसारण भएको थियो ।
निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई रामसार मिडियाले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाउँछन् ।
सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते, कक्रोज  लगायतका पात्रहरु निकै नै चर्चित छन् । सिरियलका हरेक एपिसोडहरु हरेक हप्ता ट्रेण्डिङमा पर्ने गरेका छन् । हेर्नुहोस् सिरियलको १७३ औँ अंक –

No comments:

Post a Comment