महिला साफ च्याम्पियनसीप फुटबल : बङ्गलादेश र नेपालको खेल आज - Inzot TV

Breaking



Wednesday, October 10, 2018

महिला साफ च्याम्पियनसीप फुटबल : बङ्गलादेश र नेपालको खेल आज

काठमाडौं १६ असोज । भूटानमा जारी यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज बङ्गलादेश र नेपाल भिड्दैछन् ।
गोल अन्तरका आधारमा बङ्गलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ मा हुनेछ ।
यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् ।


No comments:

Post a Comment